अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम उपनिर्वाचन

इलाम-२ मा नेम्वाङ र खड्काबीच प्रतिस्पर्धा

इलाम-२ मा नेम्वाङ र खड्काबीच प्रतिस्पर्धा


इलाम-इलाम-२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। 

आइतबार अपराह्नको मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ११५५ मत पाउनु भएको छ। यस्तै नेकपा एमालेका सुहाङ नेम्वाङले १०७२ मत पाउनु भएको छ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ३ सय १३ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको २ सय ११ मत छ। यी दुई वडामा २८ सय ३६ मत खसेको थियो। यसमा ३० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।