अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि

बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि


बझाङ-बझाङ प्रदेशसभा-१ (१) मा एमालेले सुवाती मतगणनामै फराकिलो अग्रता बनाएको छ। छविसपाथिभेरा गाउँपालिकाका १, २,३ र ४ वडाको मत गनिसक्दा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १३०३ मत पाउनु भएको छ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मतका साथ पछ्याउँदै छन्। भण्डारी र सिंहको मतान्तर ६४७ रहेको छ। यस्तै माओवादी केन्द्रका जनक बुढाले ४०२ मत पाउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ मत प्राप्त गरेका छन् ।

बझाङ प्रदेश सभा (१) मा प्रदेश सभा सदस्य उपनिर्वाचनमा ३० हजार तीन सय २८ खसेको थियो । बझाङ प्रदेशसभा १ (१) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार ५ मा निधन भएपछि रिक्त स्थानमा २०८१ वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।