अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङको अग्रता

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङको अग्रता


इलाम-इलाम-२ को मतगणना जारी रहँदा फाकफोकथुम गाउँपालिकाको वडा-४ मा पुग्दा नेकपा एमालेमा सुहाङ नेम्वाङले अग्रता लिनुभएको छ। यसअघि कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता कायम राखिराख्नुभएको थियो।

अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना भइरहेको छ। जसमध्ये वडा नम्बर १, २ र ३ को गणना हुँदा डम्बरले अग्रता लिनुभएको थियो। तर, वडा नम्बर ४ मा भने सुहाङ ठूलो मतान्तरसहित अग्रता लिनुभएको छ।

पछिल्लो मतपरिणाम अनुसार सुहाङले यो वडामा ९१२ मत ल्याउनु भएको छ भने डम्बरले ५ सय ३९ मत ल्याउनु भएको छ। अहिलेसम्मको मतपरिणाम अनुसार सुहाङको कुल मत २५४२ पुगेको छ भने डम्बरको २१९७ पुगेको छ। उहाँहरूबीचको मतान्तर ३४५ रहेको छ।

त्यस्तै, यो वडाबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १ सय ६३ मत प्राप्त गर्नुभएको छ। यो सँगै उहाँको ५९३ मत जम्मा भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले वडा नम्बरबाट ७१ मतसहित ३७९ मत प्राप्त गरेका छन्।