अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम-२ उपनिर्वाचन

सुहाङ नेम्बाङ डम्बर खड्काभन्दा एक हजार मतले अगाडि

सुहाङ नेम्बाङ डम्बर खड्काभन्दा एक हजार मतले अगाडि


इलाम-इलाम-२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले एक हजार मतले अग्रता लिनुभएको छ।

पछिल्लो मतपरिणााम अनुसार नेम्वाङ ३७८३ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका डम्बर खड्का २७८२ मतले दोस्रो स्थानमा हुनुहुन्छ । उहाँहरुबीच १००१ को मतान्तर रहेको छ।

यस्तै, डिकेन्द्र थेगिम (स्वतन्त्र) ले ७८४ मत ल्याउँदा मिलन लिम्बु (रास्वपा) ले ५६१ मत ल्याउनु भएको छ।

अहिलेसम्म फाकफोकथुम गाउँपालिका बडा नम्वर १,२,३,४,५ र ६ को गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।