अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम उपनिर्वाचन

फाकफोकथुमको मतगणना सकियो, सुहाङ ११ सय ५५ मतले अघि

फाकफोकथुमको मतगणना सकियो, सुहाङ ११ सय ५५ मतले अघि


इलाम-इलाम २ मा पर्ने फाकफोकथुम गाउँपालिकाको ७ वटै वडाको गणना सकिएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको ताजा अपडेटअनुसार एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुभएको छ।

आइतबार मध्यान्हबाट सुरु भएको मतगणनाको सुरुवाती चरणमा नेपाली कांग्रेसले अग्रता लिएको थियो।तर, वडा नम्बर ४ को मतगणना सुरु भएदेखि नेकपा एमालेले अग्रता आफ्नो पोल्टामा पारेको छ। कांग्रेस उम्मेदवार डम्बर बहादुर खड्का वडा नम्बर १, २ र ३ मा अघि थिए।

वडा नम्बर ४ मा एकैपटक ३ सय ४५ मतान्तर बनाएका नेम्बाङले त्यसयता मतान्तर बढाउँदै लगेका छन्। 

पछिल्लो मतपरिणाम अनुसार सुहाङले ४ हजार ४१३ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम् प्रतिद्धन्द्धि नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ३ हजार २५८ मत प्राप्त गर्नुभएको छ। उहाँहरूबीचको मतान्तर १ हजार ११५ मतको रहेको छ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ सय ६३ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले ६ सय ४५ मत प्राप्त गर्नुभएको छ।