अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम उपनिर्वाचन: एमालेका सुहाङको अग्रता कायमै

इलाम उपनिर्वाचन: एमालेका सुहाङको अग्रता कायमै


इलाम-प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १९ हजार ११४ मत पाउनु भएको छ।

इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ। अहिलेसम्म लगभग ४५ हजार हाराहारीमा मतगणना सकिइसकेको छ।

फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ।

पछिल्लो मतपरिणमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो मतान्तर बढाउँदै लानुभएको छ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १२ हजार ६७५ मत प्राप्त गर्नुभएको छ। उहाँहरुबीचमा ६ हजार ४३९ मतको अन्तर रहेको छ।

फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई लगायतका वडाहरूको मतगणना सकिइसकेको छ। अहिले देउमाई नगरपालिकाको मतगणना जारी छ। जस अन्तर्गंत वडा नम्बर ७ सम्मको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।