अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुहाङलाई बधाई दिँदै इलामेली मतदातालाई अध्यक्ष ओलीको धन्यवाद

सुहाङलाई बधाई दिँदै इलामेली मतदातालाई अध्यक्ष ओलीको धन्यवाद


इलाम-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी सुहाङ नेम्बाङलाई बधाई दिँदै आफ्नो पार्टीले युवाहरूलाई अझ अगाडि बढाउँदै जाने बताउनु भएको छ।

मंगलबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार २७ हजार ७७२ मत ल्याएर सुहाङ नेम्बाङ विजयी हुनुभएको हो।

नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका सुहाङलाई अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिनु भएको हाे। साथै अध्यक्ष ओलीले खुसी हुँदै इलामेली मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिनुभएको छ।

उहाँले सुहाङलाई इलाम जाँदा कति मतले जितिन्छ भनेर प्रश्न गर्दा जवाफमा सुहाङले इलामेली जनतालाई सोध्नुपर्छ भनेर भनेको समेत उल्लेख गर्नुभएको छ।

अध्यक्ष ओलीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘हाम्रो पार्टीले नेतृत्वमा युवाहरूलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरूलाई अझ अगाडि बढाउँदै जाने छ।’ 

उहाँले लेख्नुभएको छ ,‘ इलाममा सुहाङ,
हार्दिक बधाई !!
इलामका मतदातालाई धन्यवाद !!
मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ – कति भोटले जितिन्छ ?
सुहाङ्ले भन्नु भएको थियो – इलामेली जनतालाई सोध्नु पर्छ।
आज अन्तिम परिणाम आयो – ५८३० मतान्तरले जीत भयो ।
हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ।
फेरि बधाई सबै इलामेलीलाई !!’