अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम-२ मा पहिचान पक्षधर उम्मेदवारको हार

इलाम-२ मा पहिचान पक्षधर उम्मेदवारको हार


इलाम-इलाम २ को उपनिर्वाचनमा पहिचान पक्षधर भनेर प्रचार गरिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुको हार भएको छ। मंगलबार बिहान सार्वजनिक उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार लिम्बु पराजित भएका हुन् । 

लिम्बुलाई पहिचानवादीहरुको समर्थन रहेको थियो भने मुढा चुनाव चिह्न लिएर मैदानमा होमिएका उहाँले ११ हजार ४५७ मत पाउनुभयो । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २१ हजार ९४२ मत पाउनु भयो। डकेन्द्रलाई कांग्रेस उम्मेदवार डम्बर खड्काले पनि पछि पार्नुभयो।

डेकेन्द्र सिंह लिम्बु पहिचानवादी आन्दोलनका एक हस्ती हुन्। उनैलाई पहिचान पक्षधरले साझा उम्मेदवारको रुपमा अघि सारेका थिए भने केही साना दलको समेत समर्थन थियो ।