अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली इलाम जानुहुँदै, विजय सभालाई सम्बोधन गर्नुहुने

अध्यक्ष ओली इलाम जानुहुँदै, विजय सभालाई सम्बोधन गर्नुहुने


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज इलाम जाँदै हुनुहुन्छ। इलाम-२ उपनिर्वाचनमा विजयी भएको उपलक्ष्यमा नेकपा एमालले आज दिउँसो १ बजे इलामबजारमा विजय सभा गर्ने भएको छ। सो विजय सभालाई सम्बाेधन गर्न अध्यक्ष ओली जान लाग्नुभएको हो।

इलाम बजारमा दिउँसो १ बजे हुने सभामा पार्टी अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ।

इलाम बजारको सभा सकेपछि नवनिर्वाचित संघीय सांसद सुहाङ नेम्बाङ इलाम २ का सबै पालिकामा मतदातालाई  धन्यवाद ज्ञापनका लागि पुग्नेछन्। 

एमाले उम्मेदवार नेम्वाङ २७ हजार ७७२ मतसहित इलाम २ मा विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत पाउनु भएको छ।

त्यहाँ पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) मतगणनामा तेस्रो भएका छन्। उहाँले ११ हजार ४५७ मत पाउँदा निर्वाचनमा चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गर्नुभएको छ।

मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गर्दा राजावादी पार्टी राप्रपाका उम्मेदवारले जम्मा चारसय ८ मत मात्रै पाएका छन्।