अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुहाङलाई बधाई दिँदै मिलनले भन्नुभयो: तपाईंको जित इलामको जितमा रूपान्तरण हुने अपेक्षा छ

सुहाङलाई बधाई दिँदै मिलनले भन्नुभयो: तपाईंको जित इलामको जितमा रूपान्तरण हुने अपेक्षा छ


काठमाडौं-नेकपा एमालेबाट उम्मेदवार भई इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी सुहाङ नेम्बाङलाई पराजित रास्वपा उम्मेदवार मिलन लिम्बुले बधाई दिनुभएको छ।

लिम्बूले सामाजिक सञ्जाल फेसबुकमा बधाई तथा शुभकामना दिंदै गरेको तस्वीर राख्दै साे साे कुरा बताउनु भएको हो। सो क्रममा लिम्बुले आफूहरूबीच प्रतिस्पर्धा व्यक्तिगत नभई इलामेली जनताको हितका लागि भएको उल्लेख गर्दै उहाँले सुहाङलाई सफलताको शुभकामना पनि दिनु भएको छ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, ‘बधाई मित्र सुहाङ !’

उहाँ भन्नुहुन्छ, ‘एउटा प्रक्रियामा हामी प्रतिस्पर्धी थियौँ। हाम्रो प्रतिस्पर्धा व्यक्ति-व्यक्तिबीचको नभएर इलाम र इलामेली जताको पक्षमा काम गर्ने सन्दर्भमा थियो । तपाईँको जित तपाई अर्थात् एउटा व्यक्तिको मात्र जितको रूपमा कायम हुने छैन, समग्र इलाम र इलामेली जताको जितमा रूपान्तरण हुने अपेक्षासहित हार्दिक बधाई तथा शुभकामना !’