अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम पुगेर सुहाङलाई अध्यक्ष ओलीले दिनुभयो बधाई

इलाम पुगेर सुहाङलाई अध्यक्ष ओलीले दिनुभयो बधाई


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङलाई बधाई तथा शुभकामना दिनु भएको छ।

२०८१ वैशाख १५ गते शनिबार भएको उपनिर्वाचनको आज मंगलबार बिहान अन्तिम नजिता सार्वजनिक भएसँगै अध्यक्ष ओली इलाम पुगेर सुहाङलाई बधाई दिनुभएको हो।

अध्यक्ष ओली सुहाङलाई बधाई दिएर अहिले ‘धन्यवाद सभा’ मा सहभागी हुनु भएको छ। नेकपा एमालेले सदरमुकाम इलाम बजारमा धन्यवाद सभा राखेको छ।

सो सभामा सहभागी हुनुअघि ओलीले इलाम बजारस्थित एक होटलमा सुहाङलाई भेटेर बधाई दिनुभयो।