अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले हराउन इलामकै नेताहरू लागेका थिए, तर, ५ सय मत पनि पाएनन्: अध्यक्ष ओली

एमाले हराउन इलामकै नेताहरू लागेका थिए, तर, ५ सय मत पनि पाएनन्: अध्यक्ष ओली


इलाम-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले छाडेका इलामकै नेताहरू यो पटक निर्वाचनमा एमालेका उम्मेदवार हराउन बेस्सरी लागेको टिप्पणी गर्नुभएको छ।

मंगलबार सुहाङ नेम्बाङ निर्वाचित भएपछि इलाम बजारमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले छाडेका यसै जिल्लाका नेताहरू एमाले हराउन बेस्सरी लागेका थिए। तर ५ सय मत पनि पाएनन्।’

अध्यक्ष ओलीले पहिचान भनेको सबै नेपाली एकै हो भन्ने हुनुपर्ने बताउनु भयो। ‘के हो के हो पनि भयो होला। पहिचान भनेको के हो के हो? केलाई पहिचान भन्ने? हामी सबै नेपाली हो, पहिलो पहिचान नै त्यही हो।’

सुहाङको जितले वितगको मूल्यांकन र भोलिको राष्ट्रिय राजनीतिको संकेत गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो सानो कुरा होइन, यसले विगतका कामको मूल्यांकन गरेको छ। भोलिको राष्ट्रिय राजनीतितर्फ संकेत गरेको छ। श्रीअन्तुतिरबाट इलाममा फेरि उदाएको सूर्यको संकेत गरेको छ।’