अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचनले कांग्रेसको दम्भलाई अन्त्य गरेको छ: हरिबोल गजुरेल

उपनिर्वाचनले कांग्रेसको दम्भलाई अन्त्य गरेको छ: हरिबोल गजुरेल


काठमाडौँ-नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं केशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले उपनिर्वाचनको रुझानले कांग्रेसको दम्भ अन्त्य गरेको बताउनु भएको छ।

इलामको चुनावी परिणाम सन्तोषजनक रहेको भन्दै चुनावअघि कसैसँग गठबन्धन नगर्ने कांग्रेसको निर्णयलाई धक्का लागेको प्रतिक्रिया दिनु भएको हो।

चुनावी परिणामबारे उपमहासचिव गजुरेलले भन्नुभयो, ‘कांग्रेसले चुनावअघि कसैसँग गठबन्धन गर्दैनौँ एक्लै लड्ने तागत छ भनेर जुन दम्भ देखाएको थियो। बेमौसमी बाजा बजाएको थियो, अहिले महासमिति बैठकमा प्रस्ताव गर्नुपर्ने आवश्यक थिएन। चुनावी परिणामले पर्दाफास गरेको छ।’

चुनावी रुझानको सन्देश वामपन्थीबिचको एकतालाई बलियो बनाउन मद्दत गरेको विश्लेषण गर्नुभयो।