अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अस्थिरता समृद्धिको बाधक हो : नेता दाहाल

अस्थिरता समृद्धिको बाधक हो : नेता दाहाल


काठमाडौ- राष्ट्रिय सभाका सत्तापक्षीय संसदीय दलका नेता देवेन्द्र दाहालले राजनीतकि परिवर्तनका चरणहरु पूरा भई सकेकाले अब देशमा औद्योगीकरण, आर्थिक विकास र समृद्धी तर्फ सवै दलको ध्यान जान जरुरी रहेको बताउनु भएको छ ।

सिंहदरवार स्थित दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि देशको समृद्धी र विकासका लागि सहकार्य हुन सक्ने बताउनुभयो । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् स्थानीय विकास विभाग प्रमुख समेत रहनु भएका नेता दाहालले राजनीतिक स्थिरता कायम गरि आर्थिक विकास तर्फ जुट्नु अवको आवश्यकता रहेकोमा जोड दिनु भयो ।

उहाँले राजनीतिक अस्थिरतानै अहिलेको विकासको प्रमुख बाधकको रुपमा देखिएको समेत उल्लेख गर्नु भएको छ ।