अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको छ: प्रदिप ज्ञवाली

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको छ: प्रदिप ज्ञवाली


बैतडी-नेकपा एमालेका उपमहासचिव तथा स्कूल विभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमालेको लोप्रियता प्रमाणित गरेको बताउनु भएको छ।

पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आउनुभएका उपमहासचिव ज्ञवाललीले इलाममा वियज कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रैछ भन्ने प्रमाणित भएको बताउनु भएको हो।

उहाँले यही वैशाख १५ गते सम्पनन् भएको उपनिर्वाचनले नयाँ हौ भन्नेहरु र राजा ल्याउछौ भन्नेहरुको हविगत देखिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘इलाम र बझाङको निर्वाचनले नयाँ हौ भन्नेहरुको अवस्था पनि देखियो। राजा फर्काउछौ भन्नेहरुले हजार भोट पनि कटाउन सकेनन् ।’

पानी कति तातो छ कि चिसो भन्ने थाहा पाउन एउटा औंला डुबाएर परिक्षण गर्दा थाहा हुने बताउनु हुँदै यो चुनावले एमालेको अवस्था थाहा भएको दाबी गर्नुभयो। कार्यकर्ताहरुमाझ उहाँले यो चुनावले एमालेलाई उत्साहित बनाएको छ र पार्टी निर्माणमा लगाउनु पर्ने धारणा राख्नुभयो।

नेता ज्ञवालीले एमालेलाई चुम्बकजस्तो बनाउने बताउदै जसका वरिपरि सबै सक्कली कम्युुनिष्टहरु, सक्कली देशभक्तहरु टासिन आउनेु बताउनु भयो।

नेता ज्ञवालीसँगै पार्टीका स्कूल विभागका सचिव घनश्याम कोइराला, संगठन विभाग प्रमुख कासीनाथ अधिकारी, पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पुर्व मुख्यमन्त्री राजेन्द्र रावल, पोलिट ब्युरो सदस्य निरु पाल लगायतका नेता बैतडी आइपुग्नु भएको छ।