अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैशाख अन्तिम साता बजेट अधिवेशन बोलाउने सरकारको तयारी

बैशाख अन्तिम साता बजेट अधिवेशन बोलाउने सरकारको तयारी


काठमाडौं- नीति कार्यक्रम र बजेटको छलफलमा जुट्नका लागि सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।
संघीय संसद सचिवालयका अनुसार यही महिनाको अन्तिम साता बजेट अधिवेशन बोलाउने गरी सभामुखले तयार गर्न निर्देशन दिनुभएको छ ।
काँग्रेसले गृहमन्त्री रवि लामिछानेलाई सहकारी अपचलन प्रकरणमा छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै निरन्तर संसद अवरोध गरेपछि सरकारले अधिवेशन अन्त्य गरेको थियो । तर बजेट अधिवेशनमा छफल चलाउन ढिला भइसकेकोले सरकारले अधिवेशनको तयारी गरेको हो । कानुन मन्त्री पदम गीरीले पनि संसद अधिवेशन बोलाउने सरकारले तयारी गरिरहेको स्पष्ट पार्नुभएको छ ।

संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐन संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडि बढिने गिरीको भनाइ छ । ब

सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि कानूनमन्त्री गिरीले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभएको छ ।