अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका डम्बर खड्काद्वारा निर्वाचित सांसद सुहाङलाई बधाई

कांग्रेसका डम्बर खड्काद्वारा निर्वाचित सांसद सुहाङलाई बधाई


नेपाली कांग्रेसबाट इलाम-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवार डम्बरबहादुर खड्काले निर्वाचित सांसद सुहाङ नेम्बाङलाई भेटेर बधाई तथा शुभकामना दिनुभएको छ।

नेता खड्काले भेटेरै नेम्बाङलाई शुभकामना दिनुभएको हो।

इलाम क्षेत्र २ मा नेकपा एमालेका सुहाङ नेम्बाङले २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको थियो। नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याउनु भएको थियो। त्यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो हुनु भएको थियो।

रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो हुनु भएको थियो।