अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बर्दियाको अध्यक्ष शालिकराम अधिकारी विजयी

एमाले बर्दियाको अध्यक्ष शालिकराम अधिकारी विजयी


रुपन्देही-नेकपा एमाले बर्दियाको १० औं अधिवेशनबाट शालिकराम अधिकारी निर्वाचित हुनुभएको छ। उहाँले प्रत्यासी लालबहादुर श्रेष्ठलाई १० मतले पराजित गर्नुभएको हो। अधिकारी निवर्तमान उपाध्यक्ष हुन् भने श्रेष्ठ निवर्तमान अध्यक्ष हुन्।

अध्यक्षमा अधिकारीले १८० मत ल्याउँदा श्रेष्ठले १७० मत ल्याउनु भएको छ। त्यसैगरी उपाध्यक्षमा दुर्गाबहादुर वलीले १७९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याउनुभएको छ।

सचिवमा पदमराज ढकालले १७६ मत ल्याएर विजयी हुँदा उ‍हाँका प्रतिस्पर्धी नैनबहादुर खत्रीले १६८ मत ल्याउनु भएको छ। उपसचिव खुल्लामा लालबहादुर प्यानलका लहनु थारूले १७८ मत ल्याएर विजयी हुँदा अधिकारी प्यानलका जीवन शाहीले १५८ मत ल्याउनु भएको छ।

महिला उपसचिवमा सगीता थारूले १८८ मत ल्याएर विजयी हुँदा मन्जु शर्माले १५१ मत ल्याउनु भएको छ। अन्य सदस्यहरूको मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।

मंगलबार सुरू भएको १० औं अधिवेशनको बन्द सत्रपछि बुधबार बिहानै १० बजेभित्रै नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता भएको थियो। नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारीको नेतृत्वमा अलग–अलग प्यानल बनेर निर्वाचनमा गएका थिए।

श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिवमा नैनबहादुर खत्री उपसचिव लहानु थारू, मन्जु शर्माले उम्मेदवारी छन् भने अधिकारी प्यानलबाट उपाध्यक्षमा दुर्गाबहादुर वली, सचिवमा पदम ढकाल, उपसचिवमा जीवन शाही, संगीता थारु मैदानमा गएका हुन् ।

अधिवेशनका लागि ३६४ जना प्रतिनिधि रहेकामा ३६० जनाले मतदान गरेका थिए। अधिवेशनबाट एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछ।