अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘समृद्ध इलाम, सुखी इलामेली’को नारा लिएर इलामबासीसँग हातेमालो गरेर काम गर्छु: सुहाङ नेम्बाङ

‘समृद्ध इलाम, सुखी इलामेली’को नारा लिएर इलामबासीसँग हातेमालो गरेर काम गर्छु: सुहाङ नेम्बाङ


काठमाडौं- इलामा क्षेत्र नम्बर-२ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले झुट बोलेर भ्रम फैल्याई राजनीति गर्ने सपना नदेख्न सबैलाई आग्रह गर्नुभएको छ। 

बिहीबार इलामको फाकफोकथुम-७ का मतदातालाई धन्यवाद दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै नेम्बाङ अब झुटको राजनीति गर्ने दिन सकिएको बताउनुभयो। नेपाल नयाँ युगमा प्रवेश गरिसकेकोले भ्रम र झुटको खेती नचल्ने नेम्बाङको धारणा छ। ‘नयाँ युगमा झुट बोल्ने र भ्रम फैलाउनेको कुनै स्थान छैन’, उहाँले भन्नुभयो। 

नेम्बाङले निर्वाचनको बेलामा मतदातासँग गरेको प्रतिबद्धता अनुसार आफूले इमानदार भएर काम  गर्ने बताउनुभयो। उहाँले इलामवासीको एक-एक मतको मूल्याङ्कन गरेर काम गर्ने प्रतिविद्धता व्यक्त गर्नुभएको छ।  उहाँले भन्नुभयो, ‘मतदाताको अपेक्षा राम्रोसँग बुझेको छु। मतदाताको भावनाको कदर गरेर काम गर्ने गर्नेछु। 

नेपाल पुरानो युगबाट अवस्था परिवर्तनको युगतर्फ अघि बढेको उहाँले बताउनुभयो । यसको लागि सबैको हातेमालो आवश्यक रहेको उहाँको धारणा छ। युवाको ऊर्जा र अग्रजको अनुभव समेटेर समृद्ध नेपाल निर्माणको काममा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो। 

समृद्ध इलाम र सुखी इलामेलीको नारा लिएर इलामबासीसँग हातेमालो गरेर आफू अघि बढ्ने उहाँले बताउनुभयो। उहाँले आफू इलामावासीका दुःख सुखमा सँगसँगै रहेको नेम्बाङले धारणा राख्नुभयो।