अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको गण्डकीका जनप्रतिनिधिलाई तीन दिने प्रशिक्षण शुरू

एमालेको गण्डकीका जनप्रतिनिधिलाई तीन दिने प्रशिक्षण शुरू


काठमाडौं-नेकपा एमालेले गण्डकी प्रदेशले स्थानीय तहमा सो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ। आजदेखि तीन दिने प्रशिक्षण पोखरामा सुरु गरेको हो।

प्रशिक्षण कार्यक्रमको एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले उद्घाटन गर्नुभयो। नेता थापाले एमाले नेतृत्वमा रहेका पालिकालाई सुशासन र विकासका नमूना बनाउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताउनुभयो।  एमालेले पारदर्शिता र जवाफदेहितासहितको विधिकोमा जोड दिँदै आएको बताउँदै उहाँले एमालेका जनप्रतिनिधि काममा अब्बल हुनुपर्ने बताउनुभयो।  

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले पार्टी र जनप्रतिनिधिबीच्को समन्वय र सहकार्यले मात्रै निर्धारित लक्ष्य पूरा हुने बताउनुभयो । सुखी नेपाली संवृद्ध नेपालको  सपना पूरा गर्न प्रशिक्षण फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। 

प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जनताका काम छिटो, छरितो  र परिणाममुखी बनाउन  थप सहयोग पुगोस् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । 

एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल, सचिव हर्कराज राई, केन्द्रीय स्कुल विभाग सदस्य रामशरण प्याकुरेल सहितका नेताले प्रशिक्षण कार्यक्रमको सहजिकरण गर्ने कार्यक्रम रहेको छ। 

प्रशिक्षणमा  एमालेबाट  गण्डकी प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख ,उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र प्रत्येक जिल्लाबाट एक जना  वडा अध्यक्ष सहित पार्टीका जिल्ला कमिटी अध्यक्ष र इन्चार्जहरू सहित एक सय जनाको सहभागिता रहेको छ।