अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले भोजपुरको अध्यक्षमा मकर खड्काको टिम नै विजयी

एमाले भोजपुरको अध्यक्षमा मकर खड्काको टिम नै विजयी


भोजपुर – नेकपा एमाले भोजपुरको अध्यक्षमा मकर खड्काको प्यानलै विजयी भएको छ ।
अध्यक्ष शरणकुमार राईको प्यानललाई हराउँदै खड्काको प्यानलले नेतृत्व हत्याएको हो । खड्का यसअघि जिल्ला कमिटी उपाध्यक्ष हुनुहुन्थ्यो ।

अध्यक्षमा निर्वाचित मकरले ३१७ भोट पाउँदा शरण राई २२३ पाउनुभएको छ । दुईजनाबीच ९४ भोटको अन्तर छ ।

उपाध्यक्षमा किरण राई ३११ मत ल्याएर विजयी हुनुभएको छ भने कृपाशुर शेर्पाले २१६ भोट पाउनुभयो । सचिवमा ३४७ भोट ल्याएर एक्सन राई विजयी हुँदा ज्ञानेन्द्र कार्कीले १६८ भोटमात्र ल्याउनुभयो । पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्षसमेत रहेका एक्सनले पदाधिकारीमा सबैभन्दा बढी मत प्राप्त गर्नुभयो ।

उपसचिवमा ३०४ भोट ल्याएर दौलथ कुलुङ राई विजयी हुनुभयो । जगतबहादुर चौहानले १७३ भोट र साइती राईले ११ भोट प्राप्त गर्नुभयो ।

महिला उपसचिवमा रमादेवी राई २९३ भोट ल्याएर विजेता बन्दा मेरिका राई २१६ भोटमा रोकिनुभयो ।

नेतृत्व चयनका लागि ६०८ जना प्रतिनिधिमध्ये ५७३ जनाले मतदान गरेका थिए ।