अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने


काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदैं हुनुहुन्छ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार अपराह्न ३ बजे प्रदेश सभा बैठक डाकिएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ।

मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव कार्यसूचीमा राख्न दिएको सुचना प्रदेशसभामा शुक्रबार दर्ता भएको थियो।

मुख्यमन्त्री अधिकारी संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुई भन्दा धेरै दलको समर्थनमा नियुक्त हुनुभएको हो।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनु भएको हो।

एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’को समर्थनमा एमाले नेता अधिकारी मुख्यमन्त्री नियुक्त हुनु भएको हो।

गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र दिपक मनाङे गरी ६० जना सदस्य छन्।