अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीका मुख्यमन्त्री अधिकारीले माग्नुभयो विश्वासको मत

गण्डकीका मुख्यमन्त्री अधिकारीले माग्नुभयो विश्वासको मत


गण्डकी-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत माग्नुभएको छ।

आइतबारको प्रदेशसभा बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको हो । उहाँले राजनीतिक स्थायित्व र प्रदेशमाथि उठेका प्रश्नको मिलेर जवाफ दिन आफूलाई मत दिन संसद सदस्यलाई आग्रह गर्नुभयो।

उहाँले प्रदेश सरकारले गरिरहेका कामको फेहरिस्त पनि संसदमा सुनाउनुभयो।

अधिकारी २५ चैतमा गण्डकीको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत माग्नु भएको हो ।