अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाउनुभयो विश्वासको मत

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाउनुभयो विश्वासको मत


पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनु भएको छ।

आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा आफूले मत दिएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभयाे। 

अधिकारीले राखेको विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २७ सांसदले मत खसेका छन्। राप्रपाका दुई जना जना तटस्थ बसेका छन्। मतदानमा ५९ जना सांसद सहभागी थिए। 

मुख्यमन्त्री अधिकारीले संविधान र सर्वोच्चको फैसला अनुसार आफूले पक्षमा मतदान गर्ने बताउँदै बहुमत प्राप्त भएको घोषणा गर्नुभयाे। सभामुखले मत दिने भनेपछि कांग्रेसले नाराबाजी गरेको थियो। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा आज विश्वासको मत माग्नुभएकाे हाे।