अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कलेजस्तरीय फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्समा प्रत्यक्ष हेर्न पाइने

कलेजस्तरीय फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्समा प्रत्यक्ष हेर्न पाइने


काठमाडौं-अखिल नेपाल फुटबल संघको आयोजनामा वैशाख २६ गते देखि जेठ ९ गतेसम्म हुने कलेजस्तरीय फुटसल च्याम्पियनसिप एक्सन स्पोर्ट्स एचडी वानमा प्रत्यक्ष हेर्न पाइने भएको छ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु जेठ ९ गतेसम्म लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा च्याम्पियनसिप हुने जानकारी गराएको हो।

डिस मिडिया नेटवर्कले उक्त च्यानलबाट प्रतियोगिता प्रत्यक्ष देखाउने भएको हो। उक्त सम्झौतामा प्याराडाइम ग्रुपको तर्फबाट सिसन बानिया र डिश मिडिया नेटवर्कका तर्फबाट विजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गर्नुभएको छ।

प्रतियोगितामा प्लस टु र व्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टीमको सहभागिता रहनेछ। सहभागी टीमहरुलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलहरु खेलाइनेछ।