अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एशिया बैंकले गर्‍यो राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकले गर्‍यो राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान


काठमाडौं-एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न डब्लूएएफएफ वुमन्स च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।

बैंकले ललितपुरमा विशेष कार्यक्रम आयोजना गरेर अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै उक्त टोलीलाई सम्मान गरेको हो ।

बैैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यलाई जनही २५ हजार र सम्मानपत्रसहित सम्मान गरेको हो । साथै, उक्त कार्यक्रमका बीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्रान्ड प्रमोटरका रूपमा समेत घोषणा गरेको छ ।

पहिलोपटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टिमवर्क, स्पोर्ट्सम्यानसिप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिँदै फाइनलसम्म पुगेर उपविजेता बन्न सफल भएको थियो ।