अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकास र समृद्धिको योजना एमालेसँग मात्र छ: कैलाश ढुंंगेल

विकास र समृद्धिको योजना एमालेसँग मात्र छ: कैलाश ढुंंगेल


रामेछाप-नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंंगेलले नेकपा एमाले यो देश परिवर्तनको अग्र भागमा रहेर बताउनुभएको छ।
नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधबार मन्थलीमा सम्बोधन गर्दै ढुंगेलले एमाले मिसन २०८४ को अभियान लिएर हिँडेको बताउनुभयो। ‘विकास र समृद्धिको योजन कसैसँग छ भने नेकपा एमालेसँग मात्र छ, हरेक विकास निर्माणमा नेकपा एमालेको रगत पसिना लतपतिएको छ’, उहाँले भन्नुभयो।

नेकपा एमाले र माओवादीको अहिले संयुक्त सरकार भएको बताउँदै ढुंगेलले एमाले बहुदलीय जनवादको फराकिलो राजमार्गमा हिँडेकोले एमाले कतै नठोक्किई अगाडि बढ्ने बताउनुभयो । एमालेको राजमार्गमा अघि बढ्न नसक्नेहरू बिच बाटोमा नै झर्न सक्ने पनि उहाँले स्पष्ट पार्नुभयो।

उहाँले दर्शन, सिद्धान्त, नीति र कार्यक्रम सही लिएर अघि बढ्यो भने जनताको उभार आउने बताउनुभयो । त्यो तत्त्व नेकपा एमालेसँगै रहेको उहाँले दाबी गर्नुभयो।

ढुंगेलले समृद्ध रामेछाप बनाउने योजना पनि नेकपा एमालेसँगै रहेको बताउनुभयो । नयाँ आउने नेतृत्व त्यो भारी बोक्न सक्ने हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सहमतिका साथ नेतृत्व चुन्न पनि आग्रह गर्नुभयो । ‘नेकपा एमाले आफ्नै पहल कदमीबाट नेतृत्व निर्माण गर्छ’, उहाँले भन्नुभयो।