काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले राजीनामा दिनु भएको छ। राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालको राजीनामा स्वीकृत भएको जानकारी गराएको छ।
सरकारले गरेको १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा नेपालले असन्तुष्टि जनाउँदै टिप्पणी गर्नुभएको थियो । सो विषय विवाद सिर्जना भएपछि उहाँलाई राष्ट्रपति पौडेलले सोधपुछ गरेका थिए।
उक्त विषय विवादमा परेपछि उहाँलाई राष्ट्रपति पौडेलले पनि सोधपुछ गर्नुभएको थियो। आफ्नो अभिव्यक्ति विवादमा परेपछि नेपालले राजीनामा दिएका थिए। उक्त राजीनामा आइतबारबाट लागू हुने गरी स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपतिको सचिवालयबाटै आएको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको थियो । अध्यक्ष ओलीले नेपालको सो अभिव्यक्तिबारे आपत्ति जनाउँदै राष्ट्रपति र प्रधानमन्त्रीको समेत जवाफ माग्नु भएको थियो ।
उहाँ नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर पनि हुन्। नेपाली कांग्रेस सरकारमा हुँदा उहाँ विभिन्न समयमा मन्त्रीका सल्लाहकार पनि हुनु भएको थियो ।





प्रतिक्रिया