काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई तथा शुभकामना दिनुभएको छ।
प्रधानमन्त्री प्रचण्डलाई सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त भएपछि एमाले अध्यक्ष ओलीले बधाई तथा शुभकामना दिनु भएको हो।
संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट चौथोपटक विश्वासको मत प्राप्त गर्नुभयो।

गत वैशाख २१ गते जनता समाजवादी पार्टी विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिनु भएको हो।
विश्वासको मत लिने प्रक्रियामा संसद्का २७५ मध्ये १५८ मात्रै सहभागी भए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरू भने मतदान प्रक्रियामै सहभागी बनेनन्।
संसदको विश्वास यथावत् राख्न १३८ सांसदको समर्थन हुँदा बहुमत पुग्छ।




प्रतिक्रिया