अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधीसभा बैठक अघि सहकारी छानविन कार्यदलको बैठक बस्दै

प्रतिनिधीसभा बैठक अघि सहकारी छानविन कार्यदलको बैठक बस्दै


काठमाडौं – प्रतिनिधीसभाको बैठक अघि सहकारीको रकम हिनामिना प्रकरण कार्यदलको बैठक बस्ने भएको छ । हिजो निष्कर्षविहीन भएको बैठक आज पुनः बस्ने भएको हो ।

बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ८ बजे सुरु हुने कार्यदलको सचिवालयले जनाएको छ । हिजो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन ।
संसदीय समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो मागबाट पछि हटेको छैन । सत्तारूढ दलहरूले गृहमन्त्रीको नाम नभएर लामिछाने जोडिएको भनिएका सहकारीको नामसम्म लेख्न सकिने बताइरहेका छन् ।