अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङमा बोलेरो दुर्घटना: एक महिलाको मृत्यु, ९ जना घाइते

धादिङमा बोलेरो दुर्घटना: एक महिलाको मृत्यु, ९ जना घाइते


काठमाडौँ-धादिङको रुबीभ्याली गाउँपालिका-४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

गए राति १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा बोलेरोमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ की अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।