अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आज स्थानीय तहका जनप्रतिनिधिहरूसँग अन्तरसंवाद गर्ने

एमालेले आज स्थानीय तहका जनप्रतिनिधिहरूसँग अन्तरसंवाद गर्ने


काठमाडौं-नेकपा (एमाले) स्थानीय विकास विभागको आयोजनामा आज (शुक्रबार) स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम हुँदैछ।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले कार्यक्रमबारे जानकारी दिएका हुन्।

यसअघि मंसिर २ र ३ गते काठमाडौंमा एमालेले आगामी निर्वाचनलाई केन्द्रित गरी राष्ट्रिय भेला आयोजना गरेको थियो । राष्ट्रिय भेलालगत्तै बसेको पार्टी केन्द्रीय कमिटी बैठकले भेलाबाट अनुमोदित आगामी कार्यभार र संकल्पलाई सशक्त रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

स्थानीय तहका जनप्रतिनिधिहरूसँगको आजको भेला तथा अन्तरसंवादलाई एमालेले राष्ट्रिय भेलापछिको राजनीतिक तथा संगठनात्मक गतिविधिका रूपमा अघि बढाएको छ ।