अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उत्तर प्रदेशमा पार्किङ गरी राखिएको बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु

उत्तर प्रदेशमा पार्किङ गरी राखिएको बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु


काठमाडौं- भारतीय राज्य उत्तर प्रदेशको शाहजहांपुरको ढाबामा पार्किङ गरी राखिएको निजी बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार गिट्टीले भरिएको ट्रक ढाबामा रोकिएको बसमा ठोक्किन पुगेको हो। शाहजहानपुरका एसएसपी अशोक कुमार मिणाका अनुसार ढाबानजिकै एउटा बस रोकिएको थियो जसमा श्रद्धालुहरू यात्रा गरिरहेका थिए। ती व्यक्तिहरू सीतापुरबाट पूर्णागिरि जाँदै थिए। कोही ढाबामा खाना खाइरहेका थिए भने कोही बसमा बसिरहेका थिए। गिट्टीले भरिएको ट्रक अनियन्त्रित भएर बस ठोक्कियो।
प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटनामा मृत्यु हुने सबै सितापुरको बडा जेठा गाउँका बासिन्दा भएको बीबीसी हिन्दीले जनाएको छ।