अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा भारी वर्षाका कारण जहाजको उडान अवतरणमा रोकियो

काठमाडौंमा भारी वर्षाका कारण जहाजको उडान अवतरणमा रोकियो


काठमाडौं- भारी वर्षा भइरहेका कारण काठमाडौंमा आन्तरिक तथा वाह्य उडान रोकिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ ।

अहिले नेपाली आकासमा स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन् । आन्तरिक उडानका जहाज समेत होल्ड गरिएको छ । काठमाडौंमा आज बिहानैबाट मौसम प्रतिकूल बनिरहेको छ ।