काठमाडौं-काठमाडौंमा प्रतिकूल मौसमका कारण आन्तरिक तथा वाह्य उडान प्रभावित बनेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ।
अहिले नेपाली आकासमा स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन्। आन्तरिक उडानका जहाज समेत होल्ड गरिएको छ। काठमाडौंमा आज बिहानैबाट मौसम प्रतिकूल बनिरहेको छ।




प्रतिक्रिया