पोखरा–हिमाल पारीको जिल्ला मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडद्वारा आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
एक समारोहका बीच फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज गुरुङ र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो।
आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरु माझ लोकप्रिय गन्तव्य, हिमाल पारीको जिल्ला मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै विद्युतिय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवा हरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
एग्रो मनाङ प्रालिद्वारा सञ्चालित फार्म हाउस होटल विगत ५ वर्षदेखि सञ्चालनमा आएको मनाङ जिल्लाकै सुविधा सम्पन्न होटलको रूपमा परिचित छ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधीबाट सम्मानित प्रभु बैंक लिको नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीयम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करीब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई “विश्वास लिन्छौं, विश्वास दिन्छौं” मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।




प्रतिक्रिया