अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गमा छुट

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गमा छुट


काठमाडौं-प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ्गमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका हुन्। 

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण बाग्लुङ्ग जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रुपमा चिनिन्छ। अन्नपूर्ण, धौलागिरि, ढोरपाटन, मुस्ताङ्ग र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरुका लागि ट्रान्जिट सेन्टरको रुपमा काम गरिरहेको बाग्लुङ्ग झोलुङ्गे पुलहरुको जिल्लाको उपनामबाट परिचित छ। 

धौलागिरि र अन्नपूर्ण शृंखलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बाग्लुङ्ग ट्रेकिङ, बाइकिङ्ग, र्‍याफ्टिङ्ग तथा साहसिक चाहनेहरुका लागि उक्तम गन्तव्य स्थानका रुपमा लिइन्छ। कालिका भगवती मन्दिर, पन्चकोट, शालिग्राम संग्रहालय, गलकोट दरबार जस्ता धार्मिक तथा पुरातात्विक महत्वका स्थानहरुबाट समेत परिचित छ।

त्यस्तै बाग्लुङ्गको अर्को लोकप्रिय आकर्षण नेपालको एक मात्र इजाजतप्राप्त शिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष जहाँ निलो भेडाहरुको प्रमुख बासस्थान रहेको पाइन्छ।