अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसीका ऋणीलाई भाखा नाघेका कर्जा भुक्तानीमा छुट अफर

एनआईसीका ऋणीलाई भाखा नाघेका कर्जा भुक्तानीमा छुट अफर


काठमाडौं-एनआईसी एसिया बैंकले गत चैतसम्म भाखा नाघेका कर्जा जेठभित्र तिरे विभिन्न छुटहरु दिने भएको छ।

बैंकले २०८० चैत मसान्तसम्ममा भाखा नाघेका सबै कर्जा यही जेठभित्रै तिरे जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिने भएको हो। 

यस्तै साधारण बक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ। यसअनुसार ९१ दिनदेखि १८० दिन भाखा नाघेको कर्जामा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेका कर्जामा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाखा नाघेका कर्जामा ३५ प्रतिशत साधारण ब्याज रकममा छुट दिने बैंकले जनाएको छ। 

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ।