अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई हेयर एन्ड शान्ति सैलुनमा विशेष छुट

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई हेयर एन्ड शान्ति सैलुनमा विशेष छुट


काठमाडौं-प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई कमलादीस्थित हेयर एन्ड शान्ति युनिसेक्स सैलुन र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौन्दर्य सम्बन्धि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

एक समारोहका बीच हेयर एन्ड शान्ति युनिसेक्स सैलुनका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंक लिका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकाल ले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो।

उक्त समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापाको समेत उपस्थिति रहेको थियो।

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा बिद्युतिय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचय पत्रसमेत पेश गर्नुपर्ने छ।

हेयर एण्ड शान्तिले दुई दशकदेखि निरन्तरबिभिन्न स्थानमा (आउटलेटः काठमाडौं भित्र ८ र पोखरा १, बिरगंज १, हेटौडा २ र नारायणघाट १)बाट सौेन्दर्य सम्बन्धि सेवा उपलब्ध गराउँदै आईरहेको छ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखाकार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ।

‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिकप्रविधिमार्फत गुणस्तरीय सेवाप्रवाहगर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।

साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथाकर्मचारीहरुले हेयर एण्ड शान्तिमा माथि उल्लेखित सौन्दर्य सम्बन्धि सेवा लिँदा (थ्रेड्रिङ्गबाहेक)ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशत सम्म छुट प्राप्तगर्न सक्नेछन्।