अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेन शैलीको कांग्रेसले समर्थन गर्नु गणेशमान र गिरिजाप्रसादको अपमान हो: महेश बर्तौला

बालेन शैलीको कांग्रेसले समर्थन गर्नु गणेशमान र गिरिजाप्रसादको अपमान हो: महेश बर्तौला


काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको शैलीलाई कांग्रेसले समर्थन गर्नु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामाथिको अपमान भएको बताउनु भएको छ।

बिहीबार संसद भवन बाहिर कुरा गर्दै काठमाडौँ महानगरका प्रमुख साहबाट भइरहेको काम स्वभाविक प्रकृतिको नभएको बताउनु भयो। उहाँले सामाजिक सञ्जालमा मेयर साहले विभिन्न स्ट्याटसहरु लेखेर नकारात्मक पथमा समाजलाई हिँडाउने काम गरिरहेको बताउनु भयो।

उहाँले देश, लोकतन्त्रका लागि लडेको नेताहरुको बारेमा मेयर साहको टिप्पणी तल्लो स्तरको रहेको बताउनु भयो।

‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबाट भइरहेको छ, त्यो मेयरको हैसियतबाट स्वभाविक प्रकृतिको प्रस्तुतीहरू होइन। सामाजिक सञ्जाल र मिडियामा जुन प्रकारको टिका टिप्पणी र तल्लो स्तरको अभिव्यक्तिहरू आइरहेको छ। स्ट्याटसहरू लेखेर जसरी उहाँले समाजलाई नै नकारात्मक पथमा हिँडाउने गरी उद्वेलित गर्ने प्रयत्न गर्दै हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘शीर्षस्थ नेताहरु जसले देशका लागि लड्नुभयो, लोकतन्त्रका लागि लड्नुभयो, उहाँहरुले गरेको त्याग, तपस्या जेलनेल त्यो यातनालाई मजाकको विषय बनाएर जे प्रश्तुती मेयरबाट भइरहेको छ, त्यो कुरा ठिक छ भनेर यदि नेपाली कांग्रेसका महामन्त्रीज्युले भन्नुहुन्छ भने यो त गणेशमान, गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराईमाथिको अपमान हो। यो व्यवस्था ल्याउनका लागि लडेका सबैको लागि अपमान हो। नेपाली कांग्रेस यस्तै अस्थिरताको बीचमा प्रवेश गर्ने र त्यसबाटै खेल्ने र त्यसबाटै आफ्नो दाउपेच र स्वार्थमा खेल्न खोजेको त होइन भन्ने शंका छ।’