अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राति तीन प्रदेशमा वर्षाको सम्भावना

राति तीन प्रदेशमा वर्षाको सम्भावना


काठमाडौं-आज राति पनि देशभर तर केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मुलुकभर कतै पनि वर्षा भएको संकेत छैन।

राति भने देशका केही ठाउँमा वर्षा हुने सम्भावना छ।

मौसम महाशाखाको प्रक्षेपणअनुसार राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशसहित देशका पहाडी भेगमा मौसम आंशिक (पातलो बादल) देखि साधारणतया बदली (आकाशमा डम्म बादल) हुने सम्भावना छ भने बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा (लगभग आकाश सफा) रहने छ।

यस क्रममा कोसी प्रदेशका केही तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, साथै देशका बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

मौसमविद्का अनुसार हाल नेपालमा स्थानीय वायुको मात्र प्रभाव छ, अन्य मौसम प्रणााली छैन।