अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सूचना प्रविधि र कार्यालय व्यवस्थापन अध्ययन गर्न माओवादीका उपाध्यक्ष सापकोटा एमाले मुख्यालय च्यासलमा

एमालेको सूचना प्रविधि र कार्यालय व्यवस्थापन अध्ययन गर्न माओवादीका उपाध्यक्ष सापकोटा एमाले मुख्यालय च्यासलमा

तस्वीरहरू


काठमाडौं-नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटा नेकपा एमाले मुख्यालय कार्यालय च्यासल ललितपुरमा पुग्नुभएको छ।

एमालेको सूचना प्रविधि व्यवस्थापन तथा कार्यालय व्यवस्थापनबारेमा अध्ययन गर्न उपाध्यक्ष सापकोटा केही नेता लिएर एमाले मुख्यालय च्यासलमा पुग्नुभएको हो।

उपाध्यक्ष सापकोटालाई नेकपा एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालय र आन्तरिक व्यवस्थापनको अनुभव सुनाउनु भयो।

अध्ययनको क्रममा एमाले केन्द्रीय कार्यालय सुव्यवस्थित र आधुनिक प्रविधिलाई आत्मसात गर्दै चलेको अनुभव आफूले प्राप्त गरेको उपाध्यक्ष सापकोटाले बताउनु भयो।

राजनीतिक दलको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा अध्ययनका लागि यसअघि रास्वपा पदाधिकारी तथा कर्मचारी पनि च्यासल पुगेका थिए ।

राजनीतिक दलहरूमा एमालेको कार्यालय, साथै सूचना प्रविधि व्यवस्थापन अब्बल र उदाहरणीय मानिन्छ।