अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रौतामाई गाउँपालिका कमिटीको अध्यक्षमा ललित मगर सर्वसम्मत

एमाले रौतामाई गाउँपालिका कमिटीको अध्यक्षमा ललित मगर सर्वसम्मत


उदयपुर-नेकपा एमाले रौतामाई गाउँपालिका कमिटीको अध्यक्षमा ललित मगर सर्वसहमत निर्वाचित हुनुभएको छ। जेठ २५ गते शुक्रबार रौतामाई गाउँपालिका वडा-७ मुकुर्चीबजारको सिटी हलमा सम्पन्न गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले मगरको नेतृत्वमा ७५ सदस्य रहने गरी सर्वसहमत चयन गरेको हो।

यस्तै उपाध्यक्षमा देवि दाहाल चयन हुनुभएको छ। त्यसैगरी सचिवमा चेत बहादुर थापा, उपसचिवमा गणेश राई र सर्वधन राई चयन हुनुभएको छ।

अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम हुनुहुन्थ्याे। अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य अम्बिका थापा, एमाले कोशी प्रदेश कमिटीका सदस्य ईश्वरमणी राउत, एमाले कोशी प्रदेश कमिटीका सदस्य एवं उदयपुर क्षेत्र–२ का प्रतिनिधि सभा सदस्य अम्बर बहादुर रायमाझी, कोशी प्रदेश कमिटीका सदस्य भेषराज थापा एवं एमाले जिल्ला कमिटीका अध्यक्ष भागवत राउत, उपसचिव हेम खड्का, सदस्यहरुमा भरत खड्का, टामिन्द्र राई साथै नेताहरु गजेन्द्र खड्का, खविन्द्र रास्कोटी र हिम मगर लगायत अन्य कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

रौतामाई गाउँपालिका उदयपुर क्षेत्र–२ को प्रदेश सभा (क) अन्तर्गत पर्दछ। यो गाउँपालिकामा आठ वटा वडा रहेका छन्।