अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त तीन देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं-नवनियुक्त तीन देशका राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ लिनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन्।