अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण आज,प्रधानमन्त्री दाहाल शपथ समारोहमा सहभागी हुँदै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण आज,प्रधानमन्त्री दाहाल शपथ समारोहमा सहभागी हुँदै


काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ राष्ट्रपति भवनमा शपथ लिने कार्यक्रम छ । नेपालसहित पाँच छिमेकी तथा मोरिसस र सेसेल्सबाट उच्चस्तरीय प्रतिनिधिमण्डल मोदीको शपथग्रहण समारोहमा सहभागी हुँदै छन् । शपथ समारोहमा सहभागी हुन मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल सहितको टोली आज दिउँसो नयाँदिल्ली जाँदैहुनुहुन्छ ।

भारत सरकारले छिमेकीबाट प्रधानमन्त्री दाहाल, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मिज्जुलाई बोलाएको छ । बंगलादेशकी प्रधानमन्त्री हसिना हिजै दिल्ली पुग्नु भएको छ। मोरिससका प्रधानमन्त्री प्रविन्द कुमार जगन्नाथ र सेसेल्सका उपराष्ट्रपति अहम्मद अफिफ पनि शपथग्रहणमा सहभागी हुनेछन् । सेसेल्सका उपराष्ट्रपति अफिफ पनि शनिबारै दिल्ली पुग्नु भएको छ  ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा कानुनमन्त्री पदम गिरीसहितको प्रतिनिधिमण्डल आइतबार नेपाल एयरलाइन्सको उडानबाट दिल्ली पुग्ने कार्यक्रम छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय समकक्षी मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको ‘शपथग्रहण समारोहपछि प्रधानमन्त्रीज्यूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड सोमबार अपराह्न काठमाडौं फर्किनुअघि भारतीय उद्योगी व्यवसायीको समूहसँग छलफल गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले राष्ट्रपति भवनमा आयोजित रात्रिभोजमा सहभागी हुने क्रममा बंगलादेश, भुटान, श्रीलंकाका शीर्ष नेतासँग पनि भेटवार्ता गर्नुहुने छ  ।

नीतीश कुमार नेतृत्वको जनता दल युनाइटेड तथा चन्द्रबाबु नायडु नेतृत्वको तेलुगु देशम पार्टीसहित राष्ट्रिय जनतान्त्रिक गठबन्धन ,एनडिएले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वसम्मत रूपमा प्रधानमन्त्रीमा प्रस्ताव गरेको थियो । कुल ५४३ सदस्य संख्या रहेको भारतीय लोकसभामा एनडिएले २९२ सिट जितेको छ ।