अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आँबुखैरेनी–मुग्लिन सडक आज विहान १० देखि दिउसो १ बजेसम्म बन्द हुने

आँबुखैरेनी–मुग्लिन सडक आज विहान १० देखि दिउसो १ बजेसम्म बन्द हुने


तनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने भएको छ ।
आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आज बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।

उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरु झार्नुपर्ने भएकाले उक्त कार्य गर्दाको समयमा सवारी साधन पूर्ण अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो ।

विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मतका लागि काम भइरहेको छ । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ ।

मस्र्याङ नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।