काठमाडाैं-प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भम्रण वर्ष-२०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित होटल तथा रेष्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश-५ की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्वारा हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक भरतपुर जिल्ला विभिन्न प्राकृतिक रुपले भरिपूर्ण रमणिय पर्यटकिय स्थलका रुपमा चिनिन्छ। सौराहा, मेघौली, कसरा, देबघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ।
विभिन्न देश तथा विदेशबाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ। विश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, विभिन्न प्रजातीका चराचुरुङ्गि, मृग जस्ता जङ्गली जनावरहरु एवंम वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकन का निम्ति जिपसफारी, हात्तिसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनिहरुको सांस्कृतिक, पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्Èणको केन्द्र हो।
सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँक लि.का कर्मचारीहरुका लागि आवासमा ८ प्रतिशत देखी १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशत देखी १५ प्रतिशतसम्मका छुट प्राप्त गर्नसकिने छ:
होटल एकावा इन (फोर स्टार होटल), सपना गाउँ लज, सिद्धार्थ भिल्लास बनबास, चितवन (होटेल बनबास चितवन), होटल वाइल्डलाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, राइनो लज एण्ड होटल, होटल रोयल सफारी, द पार्क सेन्चुरी होटल भिल्लाजियो रेस्टुरेन्ट र होटल, ट्राभलर्स जङ्गल क्याम्प, होटल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यू जंगल क्याम्प, हिमालयन इन, जङ्गल सफारी लज, रोयल टाइगर लक्जरी होटल।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। साथै छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ।




प्रतिक्रिया