अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता


काठमाडौं- भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

आइतबार बेलुका भएको भेटमा उनीहरुबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका विषयमा पनि समकक्षी मोदीसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए।

मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार भारत गएका थिए।
प्रधानमन्त्रीसँगै कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहाल लगायत भारत गएका थिए।

प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कनु हुनेछ ।