अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री भगवती चौधरी र पूर्व राजदूत लिउ युहेबीच भेटवार्ता

मन्त्री भगवती चौधरी र पूर्व राजदूत लिउ युहेबीच भेटवार्ता


काठमाडौँ-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र पूर्व राजदूत तथा परराष्ट्र मन्त्रालय चीन, क्याडर विभागका पूर्व महानिर्देशक लिउ युहेबीच भेटवार्ता भएको छ।

सोमबार मन्त्रालयमा मन्त्री चौधरी र पूर्व राजदूत युहेबिच भेटवार्ता भएको हो। भेटका क्रममा वुमन इम्पावरमेन्ट एन्ड डेभलपमेन्ट सोसाइटी इन एसिया(अफ्रिका (वेड्स) का तर्फबाट गरिएको भेटका क्रममा मन्त्री चौधरीले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत रहेको ३ पिलर महिलाको आर्थिक सशक्तीकरण, महिलाविरुद्ध हुने कुरीति विरुद्ध सामाजिक रूपान्तरण र जोखिममा परेका महिलाको उद्धार तथा संरक्षणका क्षेत्रमा योगदान दिन चिनियाँ टोलीलाई आग्रह गर्नुभएको थियो ।

त्यस्तै, मन्त्री चौधरीले बालसुधार गृहमा भएका बालबालिकाहरूले माथिल्लो तहमा गइसकेपछि शिक्षाबाट वञ्चित हुने अवस्था रहेको भन्दै त्यस क्षेत्रमा पनि योगदान दिन आग्रह गर्नुभएको थियो ।