अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लक्ष्मी सनराइज बैंकले ६ हजार बिरुवा रोपेर मनायो विश्व वातावरण दिवस

लक्ष्मी सनराइज बैंकले ६ हजार बिरुवा रोपेर मनायो विश्व वातावरण दिवस


काठमाडौं-लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट-५के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ।

सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको ‘आवर ल्यान्ड, आवर फ्युचर। वि आर जेनेरेसनरेस्ट्रोरेसन’ भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५,००० रुख रोप्ने लक्ष्य राखेको थियो।

जुन १ देखि ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समूदाय तथा संस्थाहरूसँगकॊ सहकार्यमा करिब ६,००० रूखहरू रॊपेकॊ छ। यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो।

बैंकको अनुसार प्रोजेक्ट ५के सँगै लक्ष्मी सन्‌राइज बैंकले सोही दिवसमा आफ्नो एभाॊडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो। यस प्रतिवेदनले नवीकरणीय ऊर्जा– विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ।

यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५,१३४।१८ सीओ२ई कार्बन उत्सर्जन हुनबाट जोगाएको बैंकको भनाई छ।